अर्घाखाँचीका प्रकाश राना बुटबल उप-महानगरपालिकाको मेयरमा उठने

सुर्य भुसाल 
बुटवल ।  स्थानीय तहको  निर्वाचन नजिकिदै जाँदा देशभर चुनाबि चहलपहल बढेर गएको छ । गाउँटोल बस्ती-बस्तिमा समेत चुनावी चहलपहल बढेको स्थानियबासीले बताउने गरेका छन ।
अाजभोलि चुनावी प्रचारका लागि नेताहरु दैनिक गाउँमा जाने र अाफ्नो पक्षमा लबिङ गर्ने भित्र भित्र मत काग्ने गरेका छन । चुनाब नजिकिदा गाउँमा चहलपहल बढेर गएको छ । चुनावी चर्चा अहिले बढि गाउँमा छ ।
रुपन्देहीमा पनि चुनावी सर्गर्मि बढेर गएको छ । रुपन्देही काङ्ग्रेसमा झन्डै अाधादर्जन मेयर र उपमेयरका लागि अाकाङक्षी देखिएका छन ।
अर्घाखाँची जिल्लाको ठुलापोखरा गाबिसमा जन्मिएका तथा अर्घाखाँची चुत्राबेसीमा रहेको जनज्योति उच्च माबिबाट हाईस्कुल पास गरि नेबिसंघको राजनिती गरेका हाल रुपन्देहीका स्थायी बासिन्दा तथा नेबिसंघका केन्द्रीय उपाध्यक्ष सामाजिक क्षेत्रमा काम गरेका अनुभवी चर्चित युवा नेता प्रकाश रानाले बुटबल उप-महानगरपालिकाको मेयरमा उठने भन्दै चुनाावी प्रचार सुरु गरेका छन  ।
रानाको रुपन्देहीमा राम्रो प्रभाब छ । नेबिसघको रुपन्देही अध्यक्ष तथा काङ्ग्रेस रुपन्देहीको महाधिबेसन प्रतिनिधि समेत बनेर राजनिती गरेका राना जनजातिहरुको समेत मन जित्न सफल हुने अनुमान समेत गरिएको श्रोतको भनाइ छ ।
रुपन्देहीमा अर्का नेता खेलराज पान्डेको समेत निकै चर्चा छ ।  उनि रुपन्देहीका जल्दाबल्दा नेता हुन । अाफुले चुनाब जित्ने भएका कारण अाफुलाई पार्टी टिकट दिनु पर्ने रानाको दावी छ ।