देशभरका पुनःसंरचित ७४४ स्थानीय तहलाई एक करोडकादरले ७४४ करोड अनुदान निकासा

अर्थ मन्त्रालयले देशभरका पुनःसंरचित ७४४ स्थानीय तहलाई एक/एक करोडकादरले ७४४ करोड अनुदान निकासा गरेको छ ।
उक्त रकम स्थानीय तहले भौतिक पूर्वाधार विकासमा खर्च गर्ने जनाइएको छ ।
नयाँ बनेका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको पूर्वाधार विकासका लागि एक करोडकादरले रकम निकासा गरिएको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।
यसले जनताले स्थानीय तहको पुनःसंरचना भएको अनुभूति गर्ने अपेक्षा अर्थ मन्त्रालयले गरेको महराले बताएको पनि जानकारी गराइएको छ । इमेजखबरमा समाचार छ ।