यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर

अर्जुन थापा / हरि रोका मगर 
दिल्ली | तपाईंहामीहरुले प्राय रिल लाइफ़ यानी फिल्म अनि टेलिभिजनको पर्दामा एक्लै व्यक्तिले धेरै गुण्डाहरुलाइ राम धुलाई गर्ने केटीलाई बचाउने नाच्ने र राम्रो बोलिभाषा बानि ब्यबहार देखाउनेलाई हिरो मान्छौ त्यो एउटा कथाले मागेको नाटक हो तर हामि आज तपाइहरु माझ एउटा यस्तो वास्तविक हिरो को परिचय गराउदै छौ सायद तपाइहरुलाइ विश्वास नलाग्न पनि सक्छ ? तपाइहाम्रो माझमा साधरण भएर हिड्छन भेट हुन्छन तिनै ब्याक्ति हुन बाबा खुम बहादुर आमा देवी रोका मगर का छोरा बाबु रोका मगर |
अर्घाखाँची जिल्ला असुरकोट जोगिटारिमा जन्म भई हाल भारतको राजधानी दिल्लीलाइ कर्म थलो बनाएका पत्रकार, कलाकार, चित्रकार, साहित्यकार समाजसेवाकार आदी हरेक कुरामा अब्बल भएका उनको वारेमा जे भनेपनी कमी नै हुन्छ विगत एक दशक देखी भारतको राजधानी दिल्लीमा कार्यरत रहेका बाबु रोका ले हरेक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै संघर्ष गर्दै आएका छन् | ५ फुट ६ इन्च अग्ला गहुगोरा मिलेको शरिरले धेरै केटीहरुलाई फिदा बनाएका छन् थोरै बोल्ने धेरै गर्ने उनको स्वभाव हो उनको यो स्वभावलाइ कसैले घमन्डी भएको ठान्छन पनि बाहिर हेर्दा कडा भित्र नरम छन केटिहरु संग बोल्न पनि लजाउने उनको बानी छ । कुरामा भन्दा बढि काममा पुर्ण रहेका एकपटकमा दुइ या दुइ भन्दा धेरै काम सरल तरिकाले निभाउनु यिनको बिशेषता हो ।  
दिल्ली स्थित एउटा बिदेशी कम्पनीमा काम गर्दै बचेको समयको सदुपयोग गर्न पहिले पत्रकार को भूमिका निर्वाह गर्दै समाजसेवामा लागे र बिस्तारै म्युजिक भिडियो मा पनि एण्ट्रि मारे अर्घाखाँची डट कम भारत का प्रमुख हुन् अहिले खोलिएको नेपाल पत्रकार महासंघ भारत साखाका खेल तथा सांस्कृतिक बिभागका संयोजक संस्थापक हुन् यसका साथै म्युजिक भिडियो का मोडल तथा निर्देशक पनि हुन् यति मात्रै होइन अहिले दिल्लीमा चर्चित सामाजिक संस्था नेपाली देशभक्त आवाज का संस्थापक अध्यक्ष पनि हुन् | यिनी माथि धेरै कामको जिम्मेवारी छ खै कसरि जिम्मेवारी निभाउने गरेका छन त्यो यिनी माथि भर पर्छ |  कुनै कलाकार, नेता अथवा गुण्डा रातारात चर्चामा आउछन तर यिनी ओझेलमा परेका छन् हुन त यिनी आफै भन्छन मान्छे चर्चामा होइन काम चर्चामा  आउनु पर्छ । सायद यिनी आफै चर्चामा आउन नचाहेर पनि हुन सक्छ तर हामीले यस्ता व्याक्तिहरुको खोजि गर्ने क्रममा अहिले सम्म भारत प्रवासमा गरेको खोजीमा बहु प्रतिभासाली ब्याक्ति यिनी हुन |
यो उमेरका हरेक युवाहरु पैसा कमाउन जोड्तोडले लागिपरेका छन तर यिनी भने अलिअली कमाएको पैसा खर्च गर्दै समाजसेवा तर्फ लागेका छन भन्छन समाजसेवा त्यस्तो हो एकपटक कुनै दुखी पिडितलाइ भित्री आत्मा देखि नै सहयोग गरेर त हेर्नुहोस फेरि अझै बिसजना लाई सहयोग गर्ने इच्छा जाग्छ । एक बर्ष भित्र साथिहरुको सहयोगमा दिल्ली एन सि आर क्षेत्रबाट विभिन्न समस्यामा परेका १९ जना नारी तथा महिलाको उद्दार गरिसकेका छन भने कयौं घटनाका समाचार हरु अनलाइन मार्फत जनता सामु ल्याएका छन यस्का साथ साथै पाँच ओटा म्युजिक भिडियोमा निर्देशक को काम गरेका छन भने तीन ओटा भिडियोमा अभिनय गरिसकेका छन। 
बाबु रोका कै निर्देशनमा भर्खरै मात्र शुटिङ सकाएर रिलिजको तयारिमा रहेको देशभक्ती गित ले केही पाउने आशा गरेको बताउछन उनी भन्छन अहिलेको समयमा हरेक युवा युवतिहरु आधुनिकतामा रामाइरहेका छन तर हामिलाइ देशको वारेमा अहिलेका युवाहरूलाई गित संगित मार्फत संदेश दिन चाहेको यस्लाइ सबैले मनन गर्नुपर्छ किनकी देश रहे मात्रै हामी र हाम्रो अस्तित्व अनि पहिचान रहनेछ भन्छन ।
 
स्कुल पढ्दा जिल्ला स्तरीय चित्र कला प्रतियोगितामा दुइपटक अर्घाखाँची जिल्ला टपेका बाबु रोका का करिब ७०-८० ओटा कविता लेखहरु विभिन्न पत्रपत्रिका र अनलाइन मिडियाहरुमा प्रकाशित भैसकेका छन भने दिल्लीमा हुने सांस्कृतिक कार्यक्रमहरुमा पाँच ओटा स्टेज शो नृत्य प्रदशर्न गरिसकेका छन् । कुनै नेपाली समस्यामा परेको खबर पाउन साथ उनीहरुको सहयोग को लागि हरदम तयार रहने राष्ट्रवादी विचार भएका यिनको प्राय देश समाज र जनताहरु प्रती अलि बढिनै लगाव छ। 
अहिलेको अबस्थामा देशको स्थिति नाजुक भएको छ यस्तोबेला देशलाइ हामी जस्ता युवाहरुको आबश्यक परेकोबेला मा पनि टुलुटुलु हेर्नू सिवाय अरु केहिछैन बच्पनदेखी नै निडर हरेक कुरामा संघर्ष गर्दै आएका आफुलाइ दरिलो खम्बा बनाएर अबको केही बर्ष पछि नेपाल मा अर्थिक तथा कृषि क्रान्ती गर्ने योजना रहेको बताउछन । यसका लागि विश्वभरी छरिएर रहेका आ- आफ्ना ठाँउमा परिचय बनाइसकेका हरेक नेपाली  युवा शक्तिलाइ छिटोभन्दा छिटो एकतामा आउन आव्हान गरेका छन ।