दाहाल र सीबीच ३५ मिनेट भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग

प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदान प्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ द पिपुलमा सोमबार भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले  जानकारी दिए ।
उनकाअनुसार उक्त भेटमा चीनका राष्ट्रपति जिनफिङले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि ९ मिलियन युयान सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले वि.सं. २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सन्चालन गर्न र नेपालसँग रेल्वे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताएका थिए ।
यस उच्चस्तरीय छलफलले नेपाल