देशैभरको मतदान केन्द्र निर्धारणको विषयलाई टुङ्गयाउन ढिलाई

तराई र पहाडका केही जिल्लाबाट मतदानस्थल सिफारिस प्राप्त नभएपछि निर्वाचन आयोगले देशैभरको मतदान केन्द्र निर्धारणको विषयलाई टुङ्गयाउन ढिलाई भएको छ । आयोगले चैत १० गते भित्र मतदान केन्द्र निर्धारण गर्ने समयतालिका बनाएको थियो । 
त्यसका लागि आयोगले चैत ५ भित्र सिफारिस पठाउन जिल्लाहरुलाई निर्देश गरेको थियो । तर, बुधबार (चैत १६) सम्म ६८ जिल्लाबाट मात्र मतदान स्थल तोकिएको सिफारिस आयोगमा आएको छ । निर्वाचन संचालन शााखाका अनुसार तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट तथा पहाडी जिल्ला दैलेखबाट मतदान स्थल निर्धारण सम्बन्धी सिफारिस आएको छैन । मतदान स्थल नतोकिएका ६ वटै तराईका जिल्लाहरु प्रदेश नम्बर २ का हुन् ।
प्रदेश नम्बर २ बाट पर्सा र बारा जिल्लाले मतदान स्थल तोकेको जानकारी आयोगमा पठाइसकेका छन् । आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले मुख्य रुपमा प्रदेश नम्बर २ कै केही जिल्लामा मतदान केन्द्र टुंग्याउन बाँकी रहेको बताए । मधेसी मोर्चाको बिरोधका कारण तराईका ती जिल्लामा निर्वाचन सम्बन्धी काम प्रभावित भएको छ । कान्तिपुरमा समाचार छ ।