कांग्रेस नेता प्रकाशमान सिंहद्वारा स्थानिय निर्वाचनमा पार्टीलाई हरहालतमा बिजय गराउन काठमाडौका पदाधिकारी र क्षेत्रीय सभापतिहरुलाई कडा निर्देशन

सुर्य भुसाल 
काठमाडौं ।  नेपाल कांग्रेसका नेता प्रकाशमान सिंहले अागामी बैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा पार्टीलाई हरहालतमा बिजय गराउन एक ढिक्का भएर लाग्न काठमाडौ   कांग्रेसलाई कडा निर्देशन दिनुभएको छ । 
 अाज बिहान काठमाडौ जिल्ला सभापति जिल्लाका पदाधिकारी र  क्षेत्रीय सभापतिहरुकाे सामुहिक छलफलमा  कांग्रेस नेता प्रकाशमान सिहले हर हालतमा चुनाव जिताउन निर्देशन दिनुहुदै काठमाडौ सबै नगरपालिकाहरु  र  महानगरपालिकामा चुनाव जित्ने रणनितति तय गरेर बुथ समिति सम्म संगठन परिचालन गर्न समेत निर्देसन दिनु भएको हो । 
केन्द्रीय समितिकाे निर्देसन पार्टीकाे बिधानकाे परिधि भित्र रहेर तेराे मेराे नभनि जनताले रुचाएकाे कार्यकर्ता माझ भिजेकाे ब्यक्तिलाई पार्टीमा खुल्ला छलफल गरेर  अधिकतम सहमति जुटाएर प्रस्ताव गर्न समेत अाग्रह गर्नु भएको छ ।  नेताकाे मान्छे भनेकाे भरमा बन्द काेठाभित्र बसेर उमेदवार नबनाउन समेत चेतावनी दिदै याे  अन्य पार्टी सितकाे चुनाव भएकोले कांग्रेसकाे उम्मेदवार र उसका हर गतिविधि मा मतदाताले कांग्रेसकाे मुहार देख्न सक्ने व्यक्तीलाई उमेदवार बनाउनसमेत कडा निर्देशन दिनु  भएको छ । 
 पुर्वाग्रह पुर्ण नभई  बिबेकपुर्ण तरिकाले निर्णय लिन क्षेत्रीय सभापतिहरुलाई निर्देसन दिनु हुदै  अहिल अलिकति मात्र सानू तुटि पुर्ण निर्णय भएमा कांग्रेसकाे छबिमा   ठुलाे नाेक्सानि पुग्ने भयकाले सुझबुझ पुर्ण निर्णय लिन समेत सुझाउनु भयकाे छ ।  उमेदवार तय गरिसके पछि पार्टी निर्णय नमान्नेलाई  कुनै  हालतमा माफि नहुने समेत बताउनु भएको छ । 
कांग्रेसकाे साख जाेडियकाे निर्वाचनमा अाफ्ना उमेदवार जुन सुकै हालतमा जिताउन अहाेरात्र खटेर लाग्न समेत कडा निर्देसन दिएका नेता सिहले स्थानीय स्थर बाटै उमेदवारकाे छनाेट गर्न सके पार्टीकाे तर्फबाट कुनै हस्तछेपकाे अवस्था नअाउने भयकाले जिल्ला सभापति र क्षेत्रय सभापतिहरुले अाफुलाई दियकाे याे ऐतिहासिक जिम्मेवारी सफलता पुर्बक  सम्पन गर्न अाफ्नु तर्फबाट हुने सबै सहयाेग रहने बिश्वास दिलाउनु भयकाे छ ।  तर चुनावकाे नतिजा कांग्रेसकाे पक्षमा नअाए कसैला माफि नहुने चेतावनी समेत दिनु भएको छ । 
 छलफलमा काठमाडौ जिल्ला सभापति सहित सबै क्षेत्रका क्षेत्रीय सभापतिहरु सहभागि रहनु भएको छ ।  नेता सिंह सँगकाे छलफलमा सबै क्षेत्रीय सभापतिहरु र जिल्ला सभापतिले अाफुहरु हरहालतमा निर्वाचन जित्ने गरि संगठन परिचालन प्रचारप्रसारमा लागि सकेकाले  अब दिन रात नभनि चुनाव मा हाेमिने प्रतिबद्धता ब्यकत गर्नु भएको  थियाे ।