प्रधानमन्त्रीद्वारा मधेसी दलहरु सहमतिनजिक पुगेको दावी

प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरु सहमतिनजिक पुगेको बताएका छन् ।
मधेस जातीय समन्वय समाजले आइतबार सिंहदरबारमा पुगेर बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउने विषयमा दलहरुबीच सहमति हुनै लागेको बताए ।
उनले संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यकपर्ने भएकालेमात्र केही समस्या भएपनि अब दलहरुबीच सहमतिको विन्दू भेटिन लागेको स्पस्ट पारे ।
उनले सकभर सबै राजनीतिक दलहरुबीच सहमतिको प्रयास गरिने र त्यो नभए सरकार र मधेसी मोर्चाबीच सहमति गरेर निर्वाचनमा जाने बताए ।
उनले मधेस र पहाड दुबैतिर अतिवादको खतरा रहेको भन्दै त्यसबाट बच्नुपर्नेसमेत बताए । इमेजखबरमा समाचार छ ।