नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचार-प्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको सोमबार बसेको बैठकले पार्टीको प्रचार-प्रसारका लागि सातै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत शीर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
समितिका संयोजक एवं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडलको अध्यक्षतामा बसेको बैठकले प्रदेश नम्बर-७ को कैलालीमा यही चैत २७ गते, प्रदेश नम्बर-५ को दाङको तुलसीपुरमा चैत २८ र रुपन्देहीमा चैत २९ गते, प्रदेश नम्बर-४ को कास्की, पोखरामा चैत ३० गते, प्रदेश नम्बर-२ को धनुषा, जनकपुरमा चैत ३१ गते र प्रदेश नम्बर-१ को झापामा आगामी वैशाख २ गते आमसभा गर्ने निर्णय गरेको हो ।
त्यस्तै, प्रदेश नम्बर-३ र प्रदेश नम्बर-६ को आमसभाको स्थान र मितिपछि तय गर्ने मुख्यसचिव पौडेलले बताए ।
सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्यहरुले प्रदेशमा हुने आमसभामा समन्वय र सहयोग गर्ने जिम्मेवारी तोकिएको छ ।
समितिका कामलाई प्रभावकारीरुपमा अघि बढाउन समितिअन्तर्गत् समन्वय उपसमिति पनि गठन गरिएको पार्टी कार्यालयले जनाएको छ ।
समितिअन्तर्गत् आर्थिक स्रोत परिचालन समन्वय उपसमिति, प्रचार