घरायसी खाद्यान्न उत्पादन सम्बन्धि २ दिने तालिम धातिवाङ्ग र पाेखराथाेकमा सुरू

घनश्याम पाैडेल
धातिवाङ्ग, अर्घाखाँची २२ चैत  । घरायसी खाद्यान्न उत्पादन सम्बन्धि २ दिने तालिम अर्घाखाँची जिल्लाको  पाणिनि गाउँपालिका वडा नम्बर ६ साविक धातिवाङ्ग गाविस वडा नम्बर १, २ र ३ वडाका ३५ जना गभंवति महिला, ग्रामिण नमुना कृषक, महिला स्वास्थ्य स्वयंसेविकाकाे तालिममा उपस्थित रहेकाे थियाे ।
तालिममा सहजिकरण गर्दै लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पाैडेलले सुअाहारा कार्यक्रमको परिचय, अर्धबन्देज खाेरमा कुखुरा पालन गर्नुपर्ने, कुखुरालाई राेग लागेमा उपचार कसरी गर्ने, कुखुरा पालनकाे लागि अावश्यक खाद्यान्न कसरी बनाउने विषयमा सहजिकरण गर्नुभएकाे थियाे।
 त्यस्तै तालिम अधिकृत प्रकाश सेजवाल, फिल्ड सुपरभाइजर पुनाराम भुसालले पनि तालिमकाे सहजिकरण गर्नुभएकाे थियाे ।
 त्यस्तै अाज नै पाणिनि गाउँपालिका वडा नम्बर ७, ८ र ९ पाेखराथाेककाे   पनि २ दिने घरायसी खाद्यान्न उत्पादन सम्बन्धि तालिम सुरू भएकाे छ । तालिममा १६ जनाकाे सहभागिता रहेकाे छ । ७, ८ र ९ मा पनि लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पाैडेल, तालिम अधिकृत सत्यनाथ उपाध्याय र फिल्ड सुपरभाइजर प्रमाेद पाण्डेले सहजिकरण गर्नुभएकाे थियाे।
 
अर्घाखाँची जिल्ला युएसअाईडिकाे सहयाेगमा दाेस्राे चरणकाे सुअाहारा कार्यक्रम  लुम्बिनी सामाजिक विकास केन्द्रले सहजिकरण गर्दै अाईरहेकाे पत्रकार घनश्याम पाैडेलले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु