कांग्रेसले ७ नम्बर प्रदेशबाट चुनावी सभा सुरु गर्ने

 नेपाली कांग्रेसले ७ नम्बर प्रदेशबाट चुनावी सभा सुरु गर्ने भएको छ ।
नेपाली कांग्रेस कञ्चनपुरले बिहीबार पत्रकार भेटघाट कार्यक्रम गरी ७ नम्बर प्रदेशबाट चुनावी आमसभा सुरु गर्न लागेको जनाएको हो ।
यही चैत २७ गते कैलालीको अत्तरियाबाट कांग्रेसको चुनावी सभा सुरु हुने र पार्टी सभापति लगायतका नेताहरुले सम्बोधन गर्ने कैलाली कांग्रेसले जनाउको छ ।
चैत २८ गते दाङ, २९ गते रुपन्देही, ३० गते पोखरा, ३१ गते धनुषा र २ गते झापामा सभा गर्ने जनाइएको छ । इमेजखबरमा समाचार छ ।