अर्घाखाँचीमा विद्युत सुरक्षा दिवस मनाइयो ( तस्बिर, भिडियो)

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विद्युत सुरक्षा दिवस – २०७३ मनाइएको छ ।
नेपाल विद्युत् प्राधिकरण अर्घाखाँचीको आयोजना मनाइएको विद्युत सुरक्षा दिवसको अवसरमा सन्धिखर्कमा -र्याली निकालिएको थियो ।
र्‍यालीमा विद्युतका कर्मचारी, सरकारी कार्यालयका प्रतिनिधि, प्रहरी प्रशासन विद्यार्थी लगायतको सहभागि थियो।
‘विद्युत चोरी गर्नेलाई सामाजिक बहिस्कार गरौं,’ ‘विद्युतिय सुरक्षा, चुहावट नियन्त्रण,’ ‘किफायति उपयोग देशको सम्वृद्धिमा सहयोग,’ विद्युत चोरी दण्डनिय अपराध हो, जस्ता नाराहरु लेखेका प्लेकार्ड र्‍यालीका सहभागीहरुले बोकेका थिए।