जापानका उद्योगी व्यवसायी र रुपन्देहीका यातायात, पर्यटन व्यवसायीबीच नेपालमा लगानी भित्राउने विषयमा छलफल

कृष्ण खनाल 
बुटवल, २५ चैत  । जापानको हुकाईदो शहरका उद्योगी व्यवसायी र रुपन्देहीका यातायात, पर्यटन व्यवसायीबीच नेपालमा लगानी भित्राउने विषयमा छलफल भएको छ । 
यातायात र पर्यटनको क्षेत्रमा लगानीको सम्भावनाको खोजीमा  नेपाल आएका जापानका उद्योगी र रुपन्देहीका यातयाता व्यवसायी र पर्यटन व्यवसायीबीच शुक्रकार लुम्बिनीमा छलफल भएको हो । दुई देशका व्यवसायीका बिचमा भएको छलफलमा जापानका उद्योगीहरुले लुम्बिनी क्षेत्रमा यातायात  र पर्यटनमा कानुन सम्बत लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
दुई देश बिचको सम्बन्धलाई थप मजबुत बनाउनका लागि यातायात र पर्यटन व्यवसायी सहमतिमा लगानी गर्न सकिने बताए ।
पर्यटनको क्षेत्रमा र दुर्घटना न्यूनीकरणका लागि यातायातको क्षेत्रमा  प्याकेजको रुपमा लगानी गर्न सकिने जापानका उद्योगी व्यवसायी थामुदा साङ्कले बताउनुभयो । उहांले नेपालमा रहेको लुम्बिनीबाट संसारलाई शान्तिको सन्देश दिनका लागि जापान सरकार र उद्योगी व्यवसायी तत्पर रहेको बताउनुभयो ।
अर्का उद्योगी व्यवसायी आमिदले यातायात, पर्यटन लगयातका अन्य २० क्षेत्रमा लगानी गर्न आफुहरु सहमत रहेको बताउनुभयो । सोही कार्यक्रममा बोल्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका निःवर्तमान अध्यक्ष लोकराज पोखरेलले आर्थिक लगानीमा सहकार्य गरेर यातायात क्षेत्रको विस्तार र दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले संसारलाई शान्तिको सन्देश दिएको लुम्बिनी र लुम्बिनीसंग जोडिएका र एैतिहासिक तथा पुरात्वतिक स्थल यस  भू-भागमा रहेकाले लगानी गर्न सकिने बताउनुभयो । बाह्य र आन्तरिक पर्यटकका लागि पर्यटकीय केन्द्रको रुपमा विकासका लागि राज्यको नीती नियम भित्र रहेर लगानी गर्न सकिने समेत अध्यक्ष जिसीले बताउनुभयो ।कार्यक्रममा एनआर जापान हुक्काईडोका अध्यक्ष अर्जुन अधिकारी, पर्यटन व्यवसायी मेघराज आचार्य, पत्रकार यमलाल भुसाल, बाबुराम अधिकार लगायतले बोल्नुभएको थियो । लगानीका लागि सम्भावित क्षेत्रको पहिचान गर्न नेपाल आएको उद्योगीहरुको टोलीले अर्थमन्त्री, परराष्ट मन्त्रीसंग लगानीको विषयमा छलफल गरिसकेकोे बताएको छ । त्यस्तै काठमाण्डौ, पोखरा र लुम्बिनीमा लगानीको सम्भावनाको खोजी उनिहरुले गरिरहेका छन एक साता देखि २० जनाको समूह नेपाल आई लगानीका क्षेत्रको अध्ययन तथा अनुगमन गरिरहेका छन ।