संविधानको नयाँ संशोधन विधेयक व्यवस्थापिका-संसद सचिवालयमा दर्ता


सरकारले संविधानको नयाँ संशोधन विधेयक मंगलबार व्यवस्थापिका-संसद सचिवालयमा दर्ता गराएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा विधेयक शाखामा नेपालको संविधान संशोधन गर्न बनेको विधेयक दर्ता गराएको हो ।
विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ ।
यसअघि, संसदमा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो ।
मंगलबार दर्ता गरिएको विधेयकमा सिमाना हेरफेर गर्ने प्रस्ताव राखिएको छैन । रासस