रानी अग्रवाल
कालोधन्दा बाटै अर्ब पति भएका संघई समूहका थुप्रै उद्योगले कालोधन्दा गरी आएकोमा सोही समूहका रामचन्द्र संघईको मात्र हालीमुहाली रहेको ीए ग्यास उद्योगले उपभोक्तालाई निरन्तर ठगी गर्दै संघइ मोटाएको बर्षौ बर्ष भई सक्दा पनि सरकारी निकायहरु मौन र उदासिन भई बसेको र निजलाई हालसम्म कुनै कारवाही हुन सकेको छैन ।
ग्यासमा ठगी धन्दा गर्ने रामचन्द्र संघईलाई ठिक गर्छु भनि निर्क तामझामका साथ रामचन्द्र संघईको सिद्धार्थ ग्यासको धादिङ्ग डिपोमा छापा मार्न पुगेका माओवादीका तत्कालिन यूवा मन्त्रि गणेश पुनले ग्यास डिपोमा छापा मारी उपभोक्ता ठगीका बिभिन्न कैफियत र अनियमितता भेटी सरकारी प्रतिनिधि कै रोहवरमा मुचुक्ता बनाई सिछाप समेत गरेकोमा उक्त घटाना केही दिनपछि नै रामचन्द्र संघईको मोटो रकमले सामसुम गरायो ।
ठगी धन्दालाई निजले निरन्तता दिदै आएकोमा केही समयपछि पुनः सोही ग्यास उद्योगको बालकुमारी ललितपुरको डिपोमा छापा मार्दा त्यहाँ पनि बिभिन्न कैफियत भेटीएकोमा उक्त घटाना पनि सरकारी अधिकारीको मुखमा माड परेपछि सामसुम भई सकेको छ, तर रामचन्द्र संघईका ठगी धन्दाका नयाँ नयाँ रुपहरु एकपछि अर्को गर्दै आउँदा समेत राजनैतिक दलका नेता र सरकारी अधिकारी मिलेमतो गरी चुनाव खर्च उठाउँदै बसेका छन् ।
रामचन्द्र संघईले ग्यास उद्योगमा ठूलै कालो धन कमाउँन सकिन्छ भन्ने कुरा देखी शुरुमा गौरी शंकर ग्यास उद्योगको न्यून शेयर लिई त्यस्मा छिरेका संघई बिभिन्न तिकडम गर्दै गौरी शंकर ग्यास उद्योगको मुख्य लगानीकर्ता सुभाष खेतानलाई बिभिन्न प्रलोभनमा पारी निजका नाउँको सम्पूर्ण शेयर हातपारी निजलाई पाखा लगाए पछि उद्योगको शेयर किनेको पैसा नतिर्ने मनसायले उल्टो सुभाष खेतानलाई मुद्दा माथि मुद्दा दिई निजको परिवारलाई नै बिचल्लीमा पारेको जानकारी हुन आएको छ ।
ग्यास उद्योगबाट निकै ठूलो कालोधन कमाउँन सिकेका रामचन्द्र संघईले त्यसपछि सिद्धार्थ ग्यास उद्योगको पनि ५० प्रतिशत शेयर हात पारेपछि बाँकि ५० प्रतिशत शेयर समेत खाने दाउ राखी बांकि ५० प्रतिशतका शेयरधनी बीरगन्जका रमेश कुमार अग्रवाल र वत्तीसपुतलीका सुभाष खेतानलाई विगत ७।८ बर्षदेखि उद्योग भित्र छिर्न समेत नदिई एकलौटी उद्योग चलाई बिभिन्न अनियमित र गैर कानूनी कार्य गर्दै आएका छन् ।
सिद्धार्थ ग्यास उद्योगका लागी भारतबाट ग्यासको बुलेट ल्याउँदाको नक्कली ढुवानी भाडाको हिसाब देखाई करोडौ रकम अपचलन गर्दै आएको कुरा खुल्न आएको छ । अन्य ग्यास उद्योगको ढुवानी भाडा भन्दा सिद्धार्थ ग्यास उद्योगको ढुवानी भाडा मंहगो देखाई भारतको ढुवानीकर्ता एजेन्टलाई बैंक ड्राफ्टबाट भारतमा ढुवानी खर्च भा.रु.मा पठाई भारतीय एजेण्टसँग बढी पठाएको ढुवानी भारतमा नै सोधभर्ना लिई राजश्व समेत निरन्तर चुहावट गरी करोडौ कमाई गरी आएको कुरा खुल्न आएको छ ।
सिद्धार्थ ग्यास उद्योगको करीब १५ बर्षदेखि एकलौटी ढंगबाट कार्यकारी अधिकार लिई संचालन गरी आएकोमा ५० प्रतिशतका शेयरधनीलाई उद्योगमा प्रवेश गर्ने नदिनका लागी निजले कम्पनी रजिष्ट्रारको कार्यलायलाई समेत आफ्नो हातमा लिई गैर कानूनी ढंगले साधारण सभा गर्ने, सञ्चालकको निर्वाचन समेत हुन नदिई निर्वाचनका गैर कानूनी कागज खडा गर्ने, आर्थिक तथा बैंक खाताहरु एकलौटी संचालन गर्ने, उपभोक्ताको हित प्रतिकुल घटी तौलको ग्यास रिफीलिङ्ग गरी कालोधन कमाउँने समेतका कार्यको सम्वन्धमा कम्पनीका ५० प्रतिशत बाँकि शेयरधनीले कम्पनी रजिष्ट्रारको कार्यालय, बाणिज्य विभाग, नेपाल आयल निगत, बाणिज्य तथा आपूर्ति मन्त्रालय, आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राजश्व अनुसन्धान विभाग, समेतमा दशौ पटक सप्रमाण सहित उजुर गर्दा कुनै कारवाही नभएको दृष्टान्त देखिएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयलाई समेत निज रामचन्द्र संघईले राम्रैसँग प्रभावमा पारेकोले निजले गरेको गैर कानूनी साधारण सभा र गैर कानूनी संचालकको निर्वाचनलाई मान्यता दिएकोले बाँकि ५० प्रतिशत शेयरधनी हाल उच्च अदालत पाटनमा मुद्दा दायर गरी मुद्दा खेपी बसेका छन् । अब अदालतमा दिएको मुद्दाको टुङ्गो लाग्न बर्षौ बर्ष लाग्ने र अर्को दश बर्षसम्म रामचन्द्र संघईले ग्यास उद्योगमा निर्धक्क कालोधन्दा चलाई बस्ने देखिन्छ ।
राचन्द्र संघईले के कसरी ग्यास उद्योग चलाएका छन भनि त्रिवेणी समूहको पुतली सडकमा रहेको त्रिवेणी कम्प्लेक्समा पुगी निजलाई भेट गर्न खोज्दा पत्रकारलाई समेत भेट्न र आफ्नो कुरा भन्न पन्छिएपछि हामीले सिद्धार्थ ग्यास उद्योगका मुद्दा खेपी रहेका ५० प्रतिशत शेयरधनी सुभाष खेतान र रमेश कुमार अग्रवाललाई भेट गरी कुराकानी गर्दा रामचन्द्र संघईले उद्योग एकलौटी चलाई आफुहरुलाई उद्योगमा छिर्न समेत नदिई ग्यास ढुवानीमा अनयमित गरी आएको, कम्पनीको हिसाबमा नयाँ सिलिण्डर खरीदमा खर्च देखाएको तर मापदण्ड नाघी सकेको र ग्यास फिलीङ्ग गर्न नमिल्ने पुराना सिलिण्डरलाई टालटुल गरी रंगरोगन लगाई ग्यास भर्ने गरेकोे, हाईड्रोलिक यन्त्र विना नै उद्योग चलाई रहेको, ग्यासको सिलीण्डरमा रहेको लेदो फोहर नहटाई पुनः रिफीलीङ्ग गर्ने गरी ग्यासको तौलमा ठगी गरेको, सिलीण्डरको तौलमा एक रुपता कायम नगरेको लगायतका उपभोक्ताको हित प्रतिकुलका बिभिन्न अनीयमित कार्यहरु विगत दशौ बर्षदेखि निरन्तर गर्दै कालोधन आर्जन गरी आएको बेदना हामीलाई पोख्नु भयो ।
निजले बर्षौ बर्ष देखि गरी आएका अनियमित कार्यको बारेमा ५० प्रतिशतका शेयरधनीले सरोकारवाला सरकारी निकायमा पटक पटक उजुर गर्दा समेत कुनै निकायबाट छानबिन र कारवाही नगर्नु नहुनु भनेको रामचन्द्र संघईको कालोधनको बाँडफाँडले होला भनि निरासा ब्यक्त गरेका छन् ।