नेपाली काँग्रेसले मिति सारेर भएपनि एकैचरणमा चुनाव गर्ने निर्णय गरेको छ ।
शनिबार सानेपा स्थित पार्टी कार्यालयमा वसेको कांग्रेस केन्दिय सदस्यको वैठकले यस्तो निर्णय गरेको हो ।
वैठकवारे जानरकारी दिदै कांग्रेस नेता रमेश रिजालले मधेसको मागलाई पनि सम्वोधन गर्नेगरि चुनावको वातावरण तयार गर्न पार्टी सहमत भएको बताए ।
रिलालले मधेसको मुद्धा सवैको मुद्धा भएकाले उनीहरुको मागलाई समेटेर एकै चरणमा चुनाव गर्ने पक्षमा केन्द्रिय सदस्यहरु सहमत भएको बताए ।
वैठकले १० दिन चुनाव सार्ने र सवैलाई समेटेर चुनाव गर्नको लागि अरु दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ । इमेजखबरमा समाचार छ ।