काठमाडौंको रत्नपार्कमा दलीय चुनावचिन्हको माग गर्दै बाबुराम भट्टराईसहितका नेताहरु अनशनमा

नयाँ शक्ति नेपालको संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुलाई दलीय चुनाव चिह्न नदिएर निर्वाचन आयोगले अन्याय गरेको बताएका छन् ।
दलीय चुनाव चिह्नको माग गर्दै नयाँ शक्तिसहितका दलले रत्नपार्कको शान्तिबाटिकामा रिले अनसन शुरु गरेको अवसरमा बोल्दै नेता भट्टराईले एउटै चिह्नमा चुनाव लड्न पाउनुपर्ने माग गरे ।
उनले संविधानले तोकेको समयसीमामा तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा आफूहरु रहे पनि सरकारको दबाबमा आयोगले गरेको व्यवस्था विभेदयुक्त रहेको बताए ।
८ गतेसम्म हुने अनशनको पहिलो दिन शनिबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसहित ६८ दलका मूख्य नेता अनशनमा बसेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने दलले मात्र चुनावमा दलीय चिह्न पाउनेगरी निर्वाचन ऐन बनेपछि ६८ दल विरोधमा उत्रिए । इमेजखबरमा समाचार छ ।