राष्ट्रपतिको भारत भ्रमणका लागि सार्वजनिक बिदा दिने सरकारको निर्णय

सुर्य भुसाल 
काठमाडौं, वैशाख ३ – सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि सुरु हुने भारतको राजकीय भ्रमणलाई अनुमोदन गर्दै आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले जानकारी दिनुभयो ।
राष्ट्रपतिको भ्रमण टोलीमा ३४ जना सहभागी हुने छन् । ३४ जना काठमाडौंबाट जाने र १५ जना दिल्लीमा रहेको नेपाली राजदूतावासबाट भ्रमण टोलीमा थपिने छन् । सरकारले यसअघि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदासमेत सार्वजनिक बिदा दिएको थियो ।