धनुषाको क्षीरेश्वनाथ नगरपालिकामा आइतबार पोखरी खन्ने विषयमा विवाद उत्पन्न भइ दुई समूहबीच भएको झडपमा परेर छ/सातजना व्यक्ति घाइते भएका छन् ।
क्षीरेश्वरनाथ-९ हथरा टोलमा जानकी गुठीको जमिनमा पोखरी खन्न लाग्दा स्थानीय र ठेकेदार समूहबीच झड़प भएको हो ।
गुठीले पोखरीको लागि लगाएको ठेक्कापछि ठेकेदारले पोखरी खन्न लाग्दा उक्त जग्गा पहिलेदेखि आफूहरुले भोगचलन गर्दै आएको भनेर रोक्न खोजेपछि विवाद उत्पन्न भइ झडप भएको थियो ।
झडपमा परी स्थानीय पलटविन मुखिया, पुलकित मुखिया र विकरु मुखिया घाइते भएका छन् भने ठेकेदारकातर्फबाट क्षीनपा-८ का राजेश महतो, वडा नम्बर-५ का राजु जयसवाल र वडा नम्बर-१० का तारा महतो घाइते भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस