बाबु रोका मगर
भारतका राष्ट्रपति प्रवण मुखर्जी को निमंत्रणा मा नेपालकी प्रथम महिला राष्ट्रपति विद्या देवी भण्डारी पाँच दिने भारत भ्रमण आउनु भएको छ राष्ट्रपति लाइ विमानस्थल मा भारतका राज्यमंत्री कृष्ण राज ले स्वागत गर्नु भएको थियो ।
राष्ट्रपति भण्डारी विमानस्थल बाट ओर्लिएर भारतीय राष्ट्रपति भवन तर्फ गएपछि सोहि दिन साँझ ६ बजे नेपाली राजदुतावास दिल्लीमा प्रवासी नेपालीहरु संग भेटघाट कार्यक्रममा उपस्थित हुनुभयो ।
राष्ट्रपति जस्तो राष्ट्रको जिम्मेवार ब्याक्तित्व नेपाली राजदुतावासमा उपस्थिति हुदा न कुनै बाजागाजा थियो न राष्ट्रिय गित नै बजाइयो त्यहाको माहोल देख्दा सामान्य नेतालाई बोलाएर चेहेरा देखाउन लगाएको जस्तो देखियो सुरक्षा पनि फितलो थियो | राष्ट्रपति जस्तो ब्याक्ति को उपस्थितिमा भारत सरकारले त उच्च स्तरिय स्वागत गरेनन तर नेपाली राजदुतावास परिसरमा भब्य स्वागत हुनेपर्ने त्यहाँ पनि भब्य स्वागत नहुदा कमिकमजोरीहरु हामि नेपालीहरुमा नै देखियो ।
राष्ट्रपति नेपाली राजदुतावासमा उपस्थिति भएपछी भारतका लागि राजदुत दीप कुमार उपाध्याय ले स्वागत मन्तब्य राख्नु भएको थियो | त्यसपछि राष्ट्रपति ले छोटो मन्तब्य को साथमा प्रवासी नेपालीहरुलाई नयाँ बर्षको हार्दिक शुभकामना दिएर विदा हुनुभएको थियो |