दैलेखमा कैदीबन्दीबीच भएको झडपमा सात जना घाइते


 जिल्ला कारागार दैलेखमा कैदीबन्दीबीच आज(शनिबार) भएको झडपमा सात जना घाइते भएका छन ।
खानेपानीको विषयलाई लिएर कारागारमा रहेका नारायण शाही र उपेन्द्र पुनबीच भएको भनाभनपछि दुई समूहबीच झडप भएको प्रहरी निरीक्षक योगेन्द्र खड्काले जानकारी दिए ।
घाइतेमध्ये शाही र पुनलाई जिल्ला अस्पताल दैलेखमा उपचारका लागि लगिएको छ । अन्य पाँच जना भने सामान्य घाइते छन् ।
दैलेख कारागारमा ८० जना पुरुष र २० जना महिला राख्ने क्षमता भए पनि १ सय ५३ जना राखिएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दी राखिंदा कारागारमा पटकपटक विवाद र झडप हुने गरेका छन् । इमेजखबरमा समाचार छ ।