संसद बैठक स्थगन

आइतबार अपराह्न ३ बजेका लागि तोकिएको व्यवस्थापिका-संसद्को बैठक सोमबार अपराह्न १ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन भएको छ ।
मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि मन्त्रिपरिषद बैठक बस्न ढिलाइ भएका कारण संसद बैठक स्थगन भएको स्रोतले जनाएको छ ।
बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने तयारी थियो । तर मन्त्रिपरिषद बैठक रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफलका लागि बालकोट गएका कारण शनिबार भएको सहमति मन्त्रिपरिषदबाट अनुमोदन गर्न ढिलाइ भएको हो । जसका कारण संसद बैठकसमेत स्थगित गरिएको स्रोत बताउँछ । इमेजखबरमा समाचार छ ।