सर्वोच्च अदालतले पक्राउ परेका नेपाल प्रहरीका एआईजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीश सुशीला कार्कीको इजलासले सर्वोच्चका रजिष्टार नृपध्वज निरौंलाको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको हो ।
प्रहरीको टोलीले आज बिहान सिलवाललाई पक्राउ गरी हिरासतमा राखेको थियो । उनलाई सरकारी कागजको कीर्ते गरी दुरुपयोग गरेको आरोप लगाइएको छ । कान्तिपुरमा समाचार छ ।