संविधान संशोधन विधेयक संसदमा पेश

सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेको छ। 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले सोमबारको संसद बैठकमा उक्त संशोधन विधेयक पेश गरेका हुन्।
 संविधान संशोधन पेश गर्दै नायकले निर्वाचनको वातावरण बनाउन विधेयक ल्याइएको बताए। यसैबीच संसद बैठक भोलि मंगलबार एक बजे बस्ने गरी स्थगित भएको छ। सेतोपाटीमा समाचार छ ।