
विनाशकारी भूकम्प गएको दुई वर्ष पुरा भएको छ । तर पुनर्निमाणको सुस्त गतिले आम जनता निराश छन् ।
काठमाडौंबाट मात्र सात किलोमिटरको दुरीमा रहेको खोकना दुई बर्ष अघिको भूकम्पले तहसनहस बनेको थियो । ऐतिहासिक र साँस्कृतिक महत्वको खोकना भूकम्प गएको दुई बर्ष बितिसक्दा पनि तङ्ग्रिन सकेको छैन ।
त्यसो त केही घर र मठ मन्दिरको जिर्णाेद्दार त गरिएको छ तर अपेक्षाकृत रुपमा बस्ती पुनर्निमाण नहुँदा खोकनाबासी निराश छन् ।
खोकनाका ९० प्रतिशत संरचना भूकम्पले भत्केका थिए भने भूकम्पमा परी नौ जनाको ज्यान गएको थियो । दशौं हजार मानिस बसोबास गर्ने खोकना भूकम्पको पीडा बिर्सन प्रयासरत छ । तत्कालका लागि विदेशी संघसंस्थाले केही राहत सामग्री वितरण गरे पनि सरकारको तर्फबाट पुनर्निर्माणका लागि वितरण गरिएको रकम समयमै नआएको र अपुग भएको स्थानीययको गुनासो छ ।
त्यसो त खोकना एउटा उदाहरणमात्रै हो । २०७२ साल बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गएको बिनाशकारी भूकम्पले र त्यसपछिका पराकम्पनले १७ जिल्लामा नराम्रोसँग क्षति पु