
उद्योगमन्त्री नवीन्द्रराज जोशीले भूकम्पप्रभावितका लागि सरकारले कुनै विशेष कार्यक्रम ल्याउन नसकेको स्वीकार गरेका छन् ।
भूकम्प गएको दुई वर्ष पुगेको अवसरमा उद्योग मन्त्रालयले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री जोशीले विगतका कमी-कमजोरीलाई सच्याउँदै आगामी दिनमा सरकारले पीडितका लागि राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरुले भूकम्प गएको लामो समय बितिसक्दासमेत सरकारले भूकम्पप्रभावित र पुनःस्थापनाका लागि गर्नुपर्ने काम सन्तोषनक नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए । इमेजखबरमा समाचार छ ।