
नेपाली कांग्रेसका शीर्ष नेताहरुले स्थानीय तहलाई सुदृढ गर्न नेपाली कांग्रेसले निर्वाचन जित्नैपर्ने भएकाले सोहीअनुसार प्रचारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
स्थानीय तह निर्वाचनका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका शीर्ष नेताहरुले कांग्रेस कमजोर हुँदा २०६४ सालमा संविधान बन्न नसकेको र २०७० को निर्वाचनमा कांग्रेस बलियो हुँदा मुलुकले संविधान पाएको भन्दै स्थानीय तहलाई सम्मृद्ध बनाउन पनि कांग्रेसले निर्वाचन जित्नैपर्ने दाबी गरे ।
सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ गर्दै संविधानलाई सर्वस्वीकार्य बनाएर सम्मृद्ध राष्ट्र बनाउने अभियानमा कांग्रेस रहेको बताए ।
उनले संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रहसमेत गरे । एमाले बिना पनि दुई तिहाई मत पु