स्थानीय तहको चुनावका लागि मनोनयनको दुई दिनअघि एमालेले पार्टी घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा घोषणापत्र लेखन समिति गठन गरेको थियो ।
एमालेले आफ्नो घोषणापत्रमा विकास र समृद्धिका योजनालाई बढी प्राथमिकतामा राखेको छ ।
यस निर्वाचन पश्चात् स्थानीय तहहरु शक्तिशाली, अधिकारसम्पन्न र संविधानको परिधिभित्र स्वायत्त हुनेछन् । पहिलो पटक जनताको स्वशासन आरम्भ हुनेछ । सिङ्गो नेपाल राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र राष्ट्रियताको सुदृढीकरणमा केन्द्रित हुनेछ, एमालेले घोषणापत्रको प्रारम्भमा लेखेको छ,