सर्वोच्चद्वारा महाभियोग प्रस्ताव अघि नबढाउन र सुशीला कार्कीलाई काममा फर्काउन आदेश

सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले संसदका नाममा अन्तरिम आदेश जारी गरेको छ। 

सर्वोच्च अदालकका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सो आदेश दिएको हो। 
संसदमा महाभियग प्रस्ताव दर्ता भएपछि निलम्बित रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैदेखि काममा फर्काउन पनि आदेशमा भनिएकोछ। सेतोपाटीमा समाचार छ ।