सिन्धुली जिल्लाका विभिन्न स्थानबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुले निर्वाचनमा सहभागी नहुन र निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई उम्मेदवारी फिर्ता लिन धम्की दिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका-२ भद्रकालीका सुजन श्रेष्ठ, हरिहरपुरगढी गाउँपालिका-७ क्यानेश्वरका हरिकृष्ण भनिने बोधराज घिमिरे र गोलान्जोर गाउँपालिका-६ का जुद्धबहादुर विश्वकर्मा रहेका छन् ।
पक्राउ गरिएकाहरुलाई वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन सकिएपछि मुक्त गरिने प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।