सबैभन्दा बढी उमेरमा कीर्तिमान कायम गर्न सगरमाथाको आधार शिविर पुगेका मीनबहादुर शेरचनको निधन

सबैभन्दा बढी उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न सगरमाथाको आधार शिविर पुगेका मीनबहादुर शेरचनको शनिबार निधन भएको छ ।
७६ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गरेका शेरचनको कीर्तिमान जापानका आरोहीले तोडेपछि फेरि नयाँ कीर्तिमान राख्न उनी यसपटक त्यसतर्फ पुगेका थिए । उनी अहिले ८६ वर्षका थिए ।
शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उनको हृदयघातबाट निधन भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाट जानकारी दिए ।
शेरचनको शवलाई आइतबार लुक्ला हुँदै राजधानी लगिने उनले बताए । इमेजखबरमा समाचार छ ।