तडक-भडक देखाएर चुनाव जित्छु भन्नु गलत: निर्वाचन आयुक्त

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले दलहरुले तडक-भडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताएका छन् ।
क्षेत्रीय निर्वाचन कार्यालय पोखराले शुक्रबार गरेको पत्रकार भेटघाटमा पौडेलले उमेदवारहरुले मोटरसाइकलर्‍याली र भोज-भतेर गर्नु व्यर्थको खर्च हो- भने ।
स्वच्छ छवि, विकास प्रेमी र जनताको सुख-दुःखमा सधैं रहेर काम गर्नेले नै जनताको मत जित्नसक्ने भन्दै उनले स्थानीय चासोलाई नै ध्यान दिनुपर्नेमा जोड दिए । इमेजखबरमा समाचार छ ।