मुगुमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताद्वारा निर्वाचन सामग्री लुटेर नस्ट

मुगुमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शनिबार बिहान १०.३० बजेतिर निर्वाचन सामग्री लुटेर नस्ट गरेका छन् ।
सदरमुकाम गमगढी बजारदेखि तीन घन्टाको पैदलदूरीमा पुगिने रारा छायानाथ नगरपालिका-१२ मा पर्ने शोभागाउँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतपत्र, मतपेटिकालगायत सबै निर्वाचन सामग्री लुटेर नस्ट गरिएको हो ।
सुरक्षाकर्मी खाना खाइरहेका समयमा करिब चार सयको संख्यामा आएका तिनले मतदान केन्द्र नियन्त्रणमा लिइ सबै निर्वाचन सामग्री लुटेका हुन् ।
घटनापछि नेपाली सैनिकलगायत आवश्यक निर्वाचन सामग्री तथा थप सुरक्षाकर्मी उक्त मतदान केन्द्रमा पठाइसकिएको र आइतबार निर्धारित् समयमा नै मतदान प्रक्रिया सुरु हुने प्रजिअ शरदकुमार पोखरेलले बताए ।
उक्त मतदान केन्द्रमा तीन सय २४ मतदाता छन् । रासस