दोलखाको पोवटीमा बुथ कब्जा गर्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

दोलखाको मेलुङ गाँउपालिकाको पोवटी बुथमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको भएको छ । 

कांग्रेस र माओवादी गठबन्धनले बुथ कब्जा गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएपछि सुरक्षाकर्कीले  स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको बताइएको छ । स्थानीका अनुसार मारिने नरबहादुर भूजेल हुन् । 
घटनामा अन्य केही व्यक्तिहरु पनि घाइते भएको स्थानीयले बनाएका छन्  । दोलखाका क्षेत्र नं १  का विभिन्न केन्द्रहरु बिहानैदेखि तनावग्रस्त छन् । कान्तिपुरमा समाचार छ