स्थानीय निर्वाचनको घोषित परिणाममा अनुसार एमाले अगाडि

स्थानीय तह निर्वाचनको घोषित परिणाममा प्रमुख तीन दलबीच निकै प्रतिस्पर्धा देखिएको छ ।
अहिलेसम्म घोषित परिणाममा नेकपा एमालेले ११ ओटा स्थानीय तह, नेपाली कांग्रेसले ९ ओटा स्थानीय तहको प्रमुखमा विजय हासिल गरेको छ ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले ८ ओटा स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । एक प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
गत आइतबार पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत् २८३ स्थानमा निर्वाचन भएको थियो । निर्वाचन भएका अधिकांश स्थानीय तहमा मतगणना जारी छ । इमेजखबरमा समाचार छ ।