मकवानपुरका ८ गाउँपालिकामध्ये हालसम्म तीनओटामा मतगणनाकार्य सम्पन्न भएको छ ।
कैलाश गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टंकबहादुर मोक्तान दुई हजार ८०२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकबहादुर मोक्तानले दुई हजार ३५९ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै शुकुमाया थिङले दुई हजार ८०० मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मीरा राउतले दुई हजार ४२५ मत प्राप्त गरिन् ।
यसैगरी, इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा एमालेका जीवन गोलेले तीन हजार २०४ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विश्व लामाले दुई हजार २७३ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेका उमाकुमारी लामाले तीन हजार १९० मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मी डंगोलले दुई हजार ८१ मत प्राप्त गरिन् ।
इन्द्रसरोवर-१ मा कांग्रेस तथा बाँकी चारओटै वडामा एमाले पुरै समूहसहित विजयी भएको छ ।
इन्द्रसरोवर