निर्वाचन भएको चार दिन भइसक्दा पनि काठमाडौं जिल्लाका १० नगरपालिकामा अहिलेसम्म अन्तिम परिणाम आउन सकेको छैन।
मतगणना अत्यन्त सुस्त गतिमा अगाडि बढिरहँदा काठमाडौं महानगरबाहेकका १० नगरपालिकाहरुमा पनि मतगणना जारी रहेको छ। अद्यावधिक मतपरिणाम अनुसार काठमाडौंका १० नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले ६ र नेकपा एमालले ४ नगरपालिकामा अग्रता लिएका छन्।
जसअनुसार काठमाडौंको टोखा नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ। जहाँ काँग्रेसले मेयरमा ४ हजार ५२ र उपमेयरमा ३ हजार ८ सय ९२ मत ल्याएको छ र एमालेले मेयरमा ३ हजार ६ सय ५६ र उपमेयरमा ३ हजार ७ सय ९० मत ल्याएको छ।
त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा काँग्रेसले मेयरमा १०८६ र उपमेयरमा १०८२ मतका साथ अग्रता कायम गरेको छ। यहाँ पनि एमालेले नै पछ्याइरहेको छ। जहाँ मेयरमा ९८७ र उपमेयरमा १०४२ मत ल्याएको छ। काठमाडौंकै अर्को नगर चन्द्रागिरिमा पनि काँग्रेसकै उम्मेदवार अगाडि छन्। ताजा परिणामअनुसार चन्द्रागिरिको मेयरमा काँग्रेसको ४ हजार ६ मत, एमालेको १ हजार पाँच सय १२ मत र माओवादी केन्द्रको १ हजार ३ सय ६६ मत रहेको छ। अर्को नगर तार्केश्वरमा पनि नेपाली काँग्रेसले अग्रता लिएको छ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार मेयरमा काँग्रेसले २०२७ मत ल्याएको छ भने एमालेले १७७८ मत ल्याएको छ। काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ। जहाँ काँग्रेसले १५२० र एमालेले १४५८ मत ल्याएको छ। अर्को नगर गाकर्णेश्वरमा पनि नेपाली काँग्रेसको मेयरमा अग्रता रहेको छ। जहाँ काँग्रेसले २७७२ छ भने एमालेको १९५९ मत रहेको छ।
त्यस्तै शंखरापुरमा नेकपा एमालेले अग्रता लिएको छ। जहाँ एमालेले मेयरमा ३३८४ मत ल्याएको छ। त्यस्तै कांग्रेसले २१५९, राप्रपाले २१५९ र माओवादी केन्द्रले मेयरमा २०३० मत ल्याएको छ। अर्को नगर बुढानिलकण्ठमा एमालेले अग्रता कायम गरेको छ। जहाँ एमालेले ३१०८ र काँग्रेसले २३०८ मत ल्याएको छ। दक्षिणकाली नगरपालिकामा पनि एमालेले २३८७ मतका साथ मेयरमा लिड गरेको छ भने काँग्रेसले १९३८ मतका साथ पछ्याइरहेको छ।
त्यस्तै कीर्तिपुरमा पनि एमालेले नै लिड गरेको छ। एमाले रमेश महर्जनले ६१४ मत पाएका छन् भने कांग्रेसका राजकुमार नकर्मीले ६०७ मत पाएका छन्। सेतोपाटीमा समाचार छ ।