भक्तपुरको चाँगुनारायण नगरपालिकामा मत परिणामलाई लिएर विवाद, नतिजा सार्वजनिक रोकियो

भक्तपुरको चाँगुनारायण नगरपालिका-४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ । 
नेकपा(एमाले)को मत बढी आएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमा यस वडाको आधिकारिक मत परिणाम समेत सार्वजनिक गरिएको छैन । बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा एमालेको मत बढी देखियो भन्दै विवाद भएपछि मत परिणाम सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ । 
वडा नं-४ को मत गणना पुनः गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेको छ । मध्यान्हसम्म पटक-पटकको छलफलमा पनि सहमति हुन नसकेको प्रहरीले जानकारी दिएको छ । रासस