सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
१४४०५ मत पाएका कांग्रेस उम्मेदवार देवकुमार सुवेदीले १३८९९ मत ल्याएका एमाले उम्मेदवार बालाराम शर्मालाई पराजित गर्दै मेयरमा विजय हासिल गरेका हुन्।
उपमेयरमा भने एमालेकी मोहनमाया ढकाल विजयी भएकी छन् उनले कांग्रेसकी उम्मेदवार जानकी सिंहलाई पराजित गरेकी हुन्। सेतोपाटीमा समाचार छ ।