दोलखाको मैलुङमा मतगणना हुने

 दोलखाको मैलुङ गाउँपालिकामा मतपेटिका राखिएको कोठाको ढोका खुला भेटिएपछि उठेको विवादका कारण रोकिएको मतगणना मंगलबार (भोलि)बाट हुने भएको छ ।
सोमबार दिनभर सोही विषयमा छलफल गरी अनुभवी टोली मगाएर एकसाथ २/३ टोलीले मतगणना गर्ने सहमति भएको हो । सोमबार बिहान ७ बजेबाट मतगणना गरिने भएको छ ।
सातओटा वडा रहेको मैलुङ गाउँपालिकाको १८ ओटा मतपेटिका मंगलबार बिहानबाट गणना गरिने सहमति भएको मेलुङ गाउँपालिकाका निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले जानकारी दिए । इमेजखबरमा समाचार छ ।