प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन् ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्दै दाहालले राजनीतिमा ‘मर्दै गएको इमानलाई जगाउन’ नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
राजीनामा घोषणा गर्दै उनले दल र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रैपटक च्यातिएका थुप्रै उदाहरण रहेको भन्दै सत्तासाझेदारीका हकमा त अहिलेसम्म कुनैपनि समझदारी पालना नभएको तर आफूले नयाँ संस्कार बसाउन पनि राजीनामा दिएको प्रस्ट गरे ।
१० महिनाअगाडि नेपाली कांग्रेससँग भएको सहमतिअनुसार उनी प्रधानमन्त्री बनेका थिए ।
राजीनामा घोषणा गर्नुपूर्व प्रधानमन्त्री दाहालले आफ्नो १० महिने कार्यकालमा गरिएका उपलब्धिहरुको फेहरिस्त पेस गरेका थिए ।
उनले फास्ट ट्रयाक , चिनियाँ सरकारसँग गरिएको वन बेल्ट वन रोड को सम्झौता, बूढीगन्डकी जलाशय परियोजना बनाउन चिनियाँ सरकारलाई दिने निर्णय, हुलाकीसडक निर्माणमा भएको प्रगतिलगायत विषयलाई आफ्नो कार्यकालको उपलब्धिकारुपमा पेस गरे ।
सम्बोधनकाक्रममा प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिकरुपमा रहेको समस्या र असमक्षदारी हटाएको दाबी गरे ।
संविधान र संघीयता कार्यान्वयनस्वरुप स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरेको उल्लेख गर्दै उनले शान्ति