जेठ ३१ को चुनाव सर्ने हल्लाले झापाका तीन नगरपालिकाका मतदाता चिन्तित

जेठ ३१ को चुनाव सर्ने हल्लाले झापाका तीन नगरपालिकाका मतदाता चिन्तित बनेका छन् । गाउँपालिकाबाट नगरपालिकामा स्तरोन्नती भएका कमल, बुद्धशान्ति र झापाका मतदाताहरुले निर्धारित मितिमै चुनाव हुनुपर्ने माग गरे । 
उनीहरुले आफूहरु भोट खसाल्न आतुर रहेकोले चुनाव सर्ने अन्यौता हटाउन सरकारलाई आग्रह समेत गरेका छन् । बुद्धशान्ति ५ का औषधि व्यवसायी सुरेश खतिवडाले चुनाव सर्ने हल्लाले नमज्जा लागिरहेको बताए । उनले गाउँ-टोल चुनावी माहोलमा रंगिसकेकोले जेठ ३१ मै आफूहरुले भोट खसाल्न पाउनुपर्ने माग गरे ।  हामी भोट दिन उत्साही छौं । दैनिकजसो भोट माग्न आउने उम्मेद्वारहरुले थप हौसाएका छन्ख तिवडाले भने, यस कारण पनि चुनाव तोकिएकै मितिमा हुनुपर्छ । बुद्धशान्तिकै अम्बर कटुवालले जेठ ३१ मा चुनाव नभए फेरि हुन्छ भन्ने ग्यारेन्टी नभएको तर्क गरे ।