बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान दुर्घटना, पाइलटको मृत्यु, दुईजना घाइते

नेपाली सेनाको एक कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा मंगलबार अवतरणकाक्रममा दुर्घटना हुँदा पाइलट नेपाली सेनाका महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ ।
विमानमा पाइलट गुरुङसहित तीनजना सवार थिए ।
विमानमा रहेका नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र एक महिलालाई भने उद्दार गरी उपचारका लागि नेपालगन्ज लगिएको छ ।
सुर्खेतबाट चामल बोकेर हुम्लाको सिमिकोटका लागि उडेको