धनकुटा नगरपालिकामा कांग्रेसद्वारा उम्मेदवार घोषणा

नेपाली कांग्रेसले धनकुटा नगरपालिकाको प्रमुखमा दिनेश आठपहरिया र उपप्रमुखमा रेणु श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मंगलबार धनकुटामा कार्यक्रम गरी उम्मेदवारहरुको नाम घोषणा गरिएको हो ।
कांग्रेसले प्रमुख-उपप्रमुखसहित वडाध्यक्ष र सदस्यहरु गरी ५१ जना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो । इमेजखबरमा समाचार छ ।