निर्वाचन आयोगको भरतपुर महानगरपालिका- १९ मा पुन: मतदान गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन

 भरतपुर महानगरपालिका- १९ मा पुन: मतदान गर्ने निर्णयविरुद्ध काठमाडौंमा एमाले निकट युवा संघ, नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन् । 
आयोगको निर्णयलगत्तै माइतीघर मण्डलामा युवा-विद्यार्थीले प्रदर्शन गरेका छन् । आयोगले पूर्वाग्रही भएर निर्णय गरेको बताउँदै निर्णय फिर्ता लिन माग गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
एमाले युवा विद्यार्थीले निर्वाचन आयोगको निर्णयसमेत जलाएका छन् । कान्तिपुरमा समाचार छ ।