बुटवलमा कार दुर्घटना हुँदा अर्घाखाँचीका ५ जना घाईते

लक्ष्मण गैरे 
बुटवल । बुटवल रामनगर स्थित धागो कारखाना अगाडि गएराती कार दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । 
पूर्वतर्फ जाँदै गरेको बा१५च९५४३ नम्बरको कार अनियन्त्रित भई लु १ख८२८० नम्बरको ट्यांकरसँग ठक्कर खादा दुर्घटना भएको हो । घाईते सबै अर्घाखाँचीका हुन । घाइतेको नाम खुलाइएको छैन् । 
 घाईतेहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भएको पश्चिम क्षेत्रिय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अन्य समाचारहरु