अर्घाखाँचीमा संचालन गर्ने तैयारीमा रहेको लंका यातायात प्रा. लि.लाई पुन: अबरोध खडा

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट देशका विभिन्न शहरमा संचालन गर्ने तैयारीमा रहेको लंका यातायात प्रा. लि.लाई  देउराली यातायात, पश्चिम यातायात ब्यबसायी संघले अबरोध खडा गरेका छन् ।
सन्धिखर्कबाट हाल बुटवल र पछि क्रमश काठमाडौं, कृष्णनगर, दाङ र यात्रुको आबश्यकता अनुसार देशका विभिन्न स्थानहरुमा संचालन गर्ने तैयारीमा रहेको लंका यातायात प्रा. लि . का सबारी साधन ( स्कार्पियो ) आज पनि संचालनमा अबरोध गरिएको हो ।
यस अगाडि पनि देउराली यातायात ,पश्चिम यातायात ब्यबसायी संघबाट प्रा .लि .का यातायात संचालन गर्न अवरोध गर्नुका साथै  प्रा. लि को बोर्ड नै फालिदिएका थिए । भने पछि जिल्ला प्रशासन कार्यालयमा बसेको व्यावसायीहरु बिचको मौखिक भद्र सहमतिमा ती लंका यातायातका गाडीहरु चुत्राबेशीको भक्तिटोलाबाट नभई फिल्महल लाइनबाट संचालन गर्ने सहमति भएको थियो ।
देउराली यातायात, पश्चिम यातायात ब्यबसायी संघ र ट्याक्सी ब्यबासायीहरुले मंगलबार पुन: बाटोमा आफ्ना सबारी साधन तेर्साई अबरोध गरेपछी बिहान एकछिन बाटो अबरुद्ध भएको थियो ।
सोही अनुसार ब्यबसायी बिच भएको असमझदारीलाई ध्यानमा राखी प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको छलफलमा लंका यातायात प्रा. लि. ले आफ्नो कम्पनीसंग भएको करारनामाको कागज प्रशासनमा पेश गरेर मात्र सेवा संचालन गर्न पाइने निर्णय गरेपछि केही दिनको निम्ति प्रा. लि . ले आफ्ना साधनहरु चलाउन स्थगित गरेको छ ।
लंका यातायात प्रा. लि. ले अन्य सवारीको तुलनामा सस्तो सेवा दिने बताएको छ । उता अहिले अर्घाखाँचीमा मात्र झन्डै ५०० सबारी साधन रहेका छन् ।

अन्य समाचारहरु