कालिकोटको जितेगडाबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना, १० जनाको मृत्यु

 कालिकोटको जितेगडाबाट महेन्द्रनगर जाँदै गरेको ना४ख २९९८ नम्बरको एक यात्रीबहाक बस बुधबार दैलेखको आठबीस नगरपालिका–४ को नैनाल सडकखन्डमा दुर्घटना कम्तीमा हुँदा १० जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी अरु १८ यात्री घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन भने घाइतेहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये सात पुरुष, दुई महिला र एकजना बालिका रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले जानकारी दिए ।
बस बुधबार दिउँसो ३ बजेतिर सडकबाट करिब ३०० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको दैलेख बजारमा उपचार भइरहेको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । इमेजखबरमा समाचार छ ।