राष्ट्रिय जनता पार्टी दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने, आन्दोलनलाई जारी राख्ने

 राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सहभागी नहुने भएको छ ।
 सो पार्टीको शुक्रबार राजधानीमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने र आन्दोलनका कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको हो ।  
असार ४ गते उम्मेदवारी मनोनयनका दिन तराई-मधेसका जिल्लाहरुमा बन्द गर्ने कार्यक्रमसमेत बैठकले तय गरेको जनाइएको छ ।
सरकारले राजपालाई चुनावमा सहभागी गराउने भन्दै दुईपटक निर्वाचन सारिसकेको छ भने प्रदेश नम्बर-२ को निर्वाचन नै स्थगित गरी असोज २ गते पु-याएको छ ।
उनीहरुलाई निर्वाचनमा सहभागी गराउन भन्दै शुक्रबार (आज) हुनुपर्ने उम्मेदवारको मनोनय पनि ४ गते पुर्‍याएको छ । इमेजखबरमा समाचार छ ।