चिरपरिचित प्रतिद्वन्दी भारतलाई हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ।
आइतबार भएको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको अन्तरमा पराजित गर्दै उपाधि जितेको हो।
यससँगै पाकिस्तानले समूह चरणमा बेहोरेको १ सय २४ रनको हारको बदला समेत लिएको छ।
इंगल्याण्डको ओभलमा भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले फखर जमनको शतक मद्दतमा ५० ओभर खेल्दै ३ सय ३८ रन बनाएको थियो।
जमनले १०६ बल खेल्दै १२ चौका र ३ छक्का प्रहार गरे। यस्तै ओपनर अजर अलीले ५९ रन जोडे। मोहम्मद हाफिजले ३७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ५७ रन बनाए।
जवाफमा भारत ३०.३ ओभरमा १ सय ५८ रनमै अलआउट भयो। भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधि ७६ रन बनाउनु बाहेक अद्दय खेलाडीको प्रदर्शन सम्झनलायक रहेन। भारतलाई अलआउट गर्न पाकिस्तानका मोहम्मद आमिर र हसन अलीले ३-३ तथा सदाब खानले २-२ विकेट लिए। एजेन्सी