नवलपरासीको एक नगरपालिका र ३ वटा गाउँपालिकामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कैलाश केसीका अनुसार रामग्राम नगरपालिका , प्रतापपुर ,सरावल , सुस्ता गाउँपालिकामा मतगणना सुरु भएको हो ।
बर्दघाट नगरपालिका, सुनवल नगरपालिकामा मुचुल्का सर्जिमिनको काम सकिएकाले राति १२ बजेवाट गणना सुरु हुने भएको छ । प्रतापपुर गाउँपालिकाका निर्वाचन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी माधब ढुंगानाका अनुसार बेलाटारी स्कुलमा जारी प्रारम्भिक मतगणना वडा नम्बर १ वाट सुरु भएको छ । कान्तिपुरमा समाचार छ ।